महालक्ष्मी नपा, ललितपुर
साझा सूचना लोगो
,

नेपाल ‘ए’ टोली अस्ट्रेलिया प्रस्थान गर्दै, टप एन्ड टी–२० पछि थप सिरिज खेल्ने

अस्ट्रेलियाको डार्विनमा आयोजना हुने ‘टप एन्ड टी–२०’ प्रतियोगितामा सहभागी हुन नेपाली क्रिकेट टोली ‘ए’ अस्ट्रेलिया जाने भएको छ । प्रतियोगिताका लागि छनोट भएको १५ सदस्यीय टोलीलाई आइतबार एक कार्यक्रमबीच बिदाइ गरिएको छ ।

अगस्ट २१ देखि ३० तारिखसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल ‘ए’ले सहभागिता जनाउनेछ । प्रतियोगिता सकिएपछि पनि नेपाली टोलीले अस्ट्रेलियामै थप खेल खेल्ने तालिका रहेको छ ।

नेपाल ‘ए’ले साउथ अस्ट्रेलिया, तास्मानिया र न्युजिल्याण्ड ‘ए’ विरुद्ध मैत्रीपूर्ण सिरिज खेल्ने कार्यक्रम रहेको जनाइएको छ । यसले नेपाली खेलाडीलाई अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धात्मक अनुभव हासिल गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।

अस्ट्रेलिया भ्रमणमा जाने नेपाली टोलीको कप्तानी अनिलकुमार साहले गर्नुहुनेछ । टोलीमा त्रितराज दास, मयन यादव, कुशल भुर्तेल, पवन सर्राफ, दीपक डुम्रे, कुशल मल्ल र लोकेश बम रहनुभएको छ ।

त्यस्तै रसिद खान, नारायण जोशी, आकाश चन्द, साहब आलम, विपिन खत्री, युवराज खत्री र रिजन ढकाल पनि टोलीमा समेटिनुभएको छ ।

प्रतियोगितासहित अस्ट्रेलियामा हुने थप मैत्रीपूर्ण खेलले नेपाली क्रिकेटको दोस्रो तहका खेलाडीलाई उच्चस्तरीय प्रतिस्पर्धाको अनुभव दिलाउने र भविष्यका लागि राष्ट्रिय टोलीमा खेलाडी छनोटको आधार बलियो बनाउने अपेक्षा गरिएको छ ।

सेयर गर्नुहोस्: