नेप्से उच्च अंकले घटेको छ । अघिल्लो दिन एक दशमलव २० अंकले घटेको नेप्से साताको दोस्रो कारोबार दिन आज मंगलबार २१ दशमलव १५ अंकले घटेर २६ सय ६३ दशमलव १८ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ६६ अंकले घटेर चार सय ६७ दशमलव ९६ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय ४३ वटा कम्पनीहरुको ५२ हजार दुई सय ७२ पटकको कारोबारमा एक करोड सात लाख ६१ हजार तीन सय ९६ कित्ता शेयर किनबेच भएका छन् भने कारोबार रकम चार अर्ब सात करोड आठ लाख ५३ हजार छ सय १० रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा १३ वटै समुहहरुको सुचक घटेर नेप्से पुरै रातो भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक १२ दशमलव शुन्य नौं अंकले घटेर १४ सय ८३ दशमलव १४ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि २० दशमलव ६६ अंकले घटेर तीन हजार छ सय ९५ दशमलव ६१ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ९८ दशमलव ९३ अंकले घटेर ११ हजार नौं सय ५५ दशमलव शुन्य एक अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि ५९ दशमलव २० अंकले घटेर १० हजार सात सय २३ दशमलव ६० अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि उच्च अंकले घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा एभरेष्ट कलर लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सप्तकोशी डेभलपमेन्ट बैंक परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने खानीखोला हाईड्रोपावर कम्पनी लिमिटेड पहिलो स्थानमा परेको छ ।
