महालक्ष्मी नपा, ललितपुर
साझा सूचना लोगो
,

युनाइटेड अजोड इन्स्योरेन्सको कामु सीईओमा रिजाल

युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले डेपुटी प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) रेना रिजाललाई कामु प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी दिएको छ ।

कम्पनीको सञ्चालक समितिको सोमबार बसेको बैठकले रिजाललाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो। साथै, बैठकले कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराईले पेश गरेको राजीनामा पनि स्वीकृत गरेको जनाएको छ । भट्टराई गत वैशाख १३ गते कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए। नियुक्त भएको करिब तीन महिनामै उनले पदबाट राजीनामा दिएका हुन् ।

भट्टराईको राजीनामापछि कम्पनीको दैनिक व्यवस्थापन र नेतृत्वको जिम्मेवारी डेपुटी सीईओ रिजालले कामु प्रमुख कार्यकारी अधिकृतका रूपमा सम्हाल्ने भएकी छन् ।

सेयर गर्नुहोस्: