महालक्ष्मी नपा, ललितपुर
साझा सूचना लोगो

जेनजी सहिदकी आमा सांसद रचना खतिवडाको मध्य रातमा भावुक स्टाटस

काठमाडौ । प्रतिनिधिसभा सदस्य तथा जेनजी आन्दोलनका सहिदकी आमा रचना खतिवडाले सामाजिक सञ्जालमार्फत भावुक अभिव्यक्ति सार्वजनिक गरेकी छन्।
जेनजी स्मृति दिवसका विषयमा भएका सार्वजनिक टिप्पणीप्रति असन्तुष्टि जनाउँदै उनले सहिद परिवारको पीडा र संवेदनशीलतालाई बुझिदिन आग्रह गरेकी छन्।

उनले आफू सांसदभन्दा पहिले सहिदकी आमा भएको उल्लेख गर्दै छोराको मृत्यु आफ्नो जीवनको सबैभन्दा ठूलो पीडा भएको बताएकी छन्।

खतिवडाले जेनजी आन्दोलन आफ्ना लागि एउटा आन्दोलन मात्र नभई छोराको अन्तिम पहिचान भएको उल्लेख गर्दै सहिद परिवारको स्मृतिलाई आलोचनाको विषय नबनाउन आग्रह गरेकी छन्।

उनले लेखेकी छन्, “आन्दोलनको इतिहासमा सहिदहरू एउटा अध्याय होलान्, तर एउटा आमाको जीवनमा सहिद भएको सन्तान सम्पूर्ण किताब हो।”

सेयर गर्नुहोस्: