महालक्ष्मी नपा, ललितपुर
साझा सूचना लोगो
,

अस्ट्रेलियाविरुद्ध बंगलादेशको ऐतिहासिक जित

बंगलादेशले अस्ट्रेलियाविरुद्धको पहिलो टेस्ट म्याचमा ९ विकेटको सानदार जित हासिल गर्दै टेस्ट क्रिकेटमा नयाँ इतिहास रचेको छ । अस्ट्रेलियाको भूमिमा बंगलादेशको यो पहिलो टेस्ट जित हो । जितका लागि पाएको ५७ रनको सामान्य लक्ष्य बंगलादेशले चौथो दिनको दोस्रो सत्रमा १ विकेट गुमाएर भेट्टायो । यसअघि सन् २००३ मा बंगलादेशले अस्ट्रेलियामा खेलेका दुवै टेस्ट म्याचमा पराजय भोग्नुपरेको थियो ।

टेस्ट इतिहासमा अस्ट्रेलियामाथि बंगलादेशको यो दोस्रो जित हो । यसअघि सन् २०१७ को अगस्टमा मीरपुर टेस्टमा बंगलादेशले कंगारू टिमलाई २० रनले पराजित गरेको थियो । दुई देशबीच हालसम्म खेलिएका ७ वटा टेस्टमध्ये अस्ट्रेलियाले ५ र बंगलादेशले २ वटामा जित निकालेका छन् । अब यो सिरिजको दोस्रो तथा अन्तिम टेस्ट म्याच आगामी अगस्ट २२ देखि म्याकेमा सुरु हुनेछ ।

टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलिया पहिलो इनिङ्समा १९८ रनमै समेटियो । अस्ट्रेलियाली ब्याटिङ ध्वस्त पार्ने क्रममा बंगलादेशका तीव्र गतिका बलर हसन महमुद एक्लैले ६ विकेट लिनुभयो । त्यसको जवाफमा बंगलादेशले पहिलो इनिङ्समा ४२६ रनको ठूलो स्कोर बनायो । तंजिद हसनले १०१ रनको उत्कृष्ट शतकीय पारी खेल्नुभयो । अस्ट्रेलियाली भूमिमा कुनै पनि बंगलादेशी ब्याट्सम्यानले बनाएको यो पहिलो टेस्ट शतक हो । यस्तै, नजमुल हुसेन सान्तोले ८४ र मेहदी हसन मिराजले ६५ रन बनाउनुभयो । यसरी बंगलादेशले पहिलो इनिङ्सका आधारमा २२८ रनको ठूलो अग्रता हासिल गरेको थियो ।

अन्ततः अस्ट्रेलियाले दोस्रो इनिङ्समा २८४ रन बनाएपछि बंगलादेशसामु सामान्य लक्ष्य तेर्सिएको थियो । एक समय ७४ रनमै ४ विकेट गुमाएर संकटमा परेको अस्ट्रेलियाका लागि क्यामरन ग्रिनले उत्कृष्ट ब्याटिङ गर्दै १०४ रनको शतकीय पारी खेले पनि त्यो जितका लागि पर्याप्त भएन । अस्ट्रेलियाको दोस्रो इनिङ्स ध्वस्त पार्ने क्रममा मेहदी हसन मिराजले ५ विकेट लिनुभयो ।

बंगलादेशको यो ऐतिहासिक जितका मुख्य नायक ९ विकेट लिने तीव्र गतिका बलर हसन महमुद र ६५ रन बनाउनुका साथै कुल ५ विकेट पनि चटकाएका अलराउन्डर मेहदी हसन मिराज बन्नुभयो । एजेन्सी

सेयर गर्नुहोस्: