महालक्ष्मी नपा, ललितपुर
साझा सूचना लोगो
,

फिलिपिन्सलाई ‘मिस सुप्रानेसनल’को ताज

‘मिस सुप्रानेसनल २०२६’को उपाधि फिलिपिन्सकी क्याट्रिना लेगाडोले जित्नुभएको छ । पोल्याण्डको नोवी साक्जस्थित स्ट्रजेलेकी पार्क एम्फी थिएटरमा जुलाई ३१ मा सम्पन्न प्रतियोगिताको ग्राण्ड फिनालेमा उहाँले ६७ देशका प्रतिस्पर्धीलाई पछि पार्दै प्रतिष्ठित ताज आफ्नो नाममा पार्नुभएको हो ।

‘सौन्दर्य महोत्सव’लाई यस वर्षको मुख्य विषयवस्तु बनाइएको प्रतियोगितामा लेगाडोले उत्कृष्ट प्रदर्शन गर्दै विजेता बन्न सफल हुनुभयो । फिलिपिन्सले यसअघि सन् २०१३ मा मुत्या दातुलमार्फत ‘मिस सुप्रानेसनल’को उपाधि जितेको थियो । १३ वर्षपछि उक्त उपाधि पुनः फिलिपिन्सको पोल्टामा परेको हो ।

यस संस्करणमा नेपालका तर्फबाट ‘मिस सुप्रानेसनल नेपाल २०२६’ की विजेता पूर्णिका कार्कीले सहभागिता जनाउनुभएको थियो । उहाँले सामाजिक उत्तरदायित्वमा आधारित ‘फ्रम द ग्राउण्ड अप’ प्रतियोगिताको सेमिफाइनलसम्म पुग्दै नेपालको प्रतिनिधित्वलाई उल्लेखनीय बनाउनुभयो ।

‘मिस सुप्रानेसनल’ विश्वका प्रतिष्ठित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामध्ये एक मानिन्छ, जसमा हरेक वर्ष विभिन्न देशका प्रतियोगीहरूले सौन्दर्य, व्यक्तित्व, नेतृत्व क्षमता र सामाजिक उत्तरदायित्वका आधारमा प्रतिस्पर्धा गर्ने गर्छन् ।

सेयर गर्नुहोस्: