महाकाली टाइम्स (Mahakalitimes.com) नेपालको एक अग्रणी र विश्वसनीय डिजिटल समाचार गन्तव्य हो। चक्रपथ, काठमाडौँबाट सञ्चालित यस पोर्टलले राष्ट्रिय, अन्तर्राष्ट्रिय, राजनीति, अर्थतन्त्र, समाज, कला, खेलकुद, प्रविधि र पर्यटन सम्बन्धी ताजा र निष्पक्ष समाचार तथा विश्लेषण पाठकहरूसमक्ष पुऱ्याउँदै आएको छ।
हाम्रो टिममा अनुभवी पत्रकार, विश्लेषक र प्रविधिकहरू आबद्ध हुनुहुन्छ, जसले पलपलको समाचार सटिक र छिटो संप्रेषण गर्न अहोरात्र काम गरिरहनुभएको छ। नेपाली समाजको सकारात्मक रूपान्तरणका लागि सधैं निष्पक्ष पत्रकारिताको वकालत गर्नु हाम्रो मूल प्रतिबद्धता हो।
हाम्रो उद्देश्य
नेपाल र नेपाली नागरिकसँग सम्बन्धित विषयहरूलाई प्राथमिकता दिँदै, समाजका विसंगति र बेथितिहरू उजागर गर्नु र जनतालाई सत्य-तथ्य जानकारी दिनु नै हाम्रो मुख्य उद्देश्य हो। हामी संविधान, लोकतन्त्र र नागरिक अधिकारको पूर्ण सम्मान गर्दछौं।